हितेन्द्रदेव शाक्यले सम्हाले कार्यभार, सरकारसँग मिलेर प्राधिकरणमा उत्कृष्ट नतिजा दिने प्रतिबद्धता

हितेन्द्रदेव शाक्यले सम्हाले कार्यभार, सरकारसँग मिलेर प्राधिकरणमा उत्कृष्ट नतिजा दिने प्रतिबद्धता

काठमाडौँ । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् ।

बुधबार बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगेर उनले कार्यभार सम्हालेका हुन् । सर्वोच्च अदालतको परमादेशमार्फत कार्यकारी निर्देशकमा पुनर्स्थापित भएपछि बुधबार प्राधिकरणमा हाजिर भएका हुन् । शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग मिलेर काम गर्ने बताएका छन् ।

सर्वोच्च अदालतको परमादेशमार्फत कार्यकारी निर्देशकमा पुनर्स्थापित भएपछि बुधबार प्राधिकरणमा कार्यभार सम्हाल्दै उनले भने, ‘मेरो कार्यकाल अब साढे ती वर्ष बाँकी छ । यस अवधिमा प्राधिकरणमा उत्कृष्ट नतिजा दिने गरी काम गर्नेछु । आगामी दिनमा सरकारसँग मिलेर नै काम गर्नेछु ।’

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार ११ : ४५ बजे