जाजरकोटमा कांग्रेसको अग्रता

जाजरकोटमा कांग्रेसको अग्रता

काठमाडौँ । पश्चिम जाजरकोटको शिवालय गाउँपालिकाबाट मतगणना सुरु गर्दा नेपाली कांग्रेसका खड्कबहादुर बुढाले अग्रता लिएका छन् ।
उनले १ हजार ९२ प्राप्त गरी अग्रता लिएका छन् ।

नेकपा एमालेका उम्मेदवार डम्बरबहादुर सिंहले ३१३ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतले १९६ मत प्राप्त गरी तेस्रो स्थान पाए ।

प्रकाशित मिति: २२ फागुन २०८२, शुक्रबार १५ : २७ बजे