जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी

काठमाडौँ । जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाही विजयी भएका छन् ।

शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११ हजार ६३६ मत प्राप्त गर्दा शाहीले ३ हजार १८१ फराकिलो मतान्तरले भण्डारीलाई पछि पारे ।

प्रकाशित मिति: २३ फागुन २०८२, शनिबार १७ : ०९ बजे