एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ

एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ

काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई केहीबेर अघि पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो ।

उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका थियो ।

प्रकाशित मिति: १६ चैत २०८२, सोमबार ०६ : ५६ बजे