अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ । लघुवित्तले शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

जेठ २२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यसका साथै सो बैठकले सोही बमोजिम स्वीकृतिका लागि गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: २५ जेठ २०८३, सोमबार १० : २४ बजे