नेशनल माइक्रोफाइनान्सको खुद नाफा ९ करोड २७ लाख

0
Shares

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु वर्षको तेस्रो त्रैमाससम्ममा ९ करोड २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले ५० प्रतिशतभन्दा बढी वृद्धिको आकर्षक नाफा कमाएको हो।

अघिल्लो आर्थिक वर्ष यहि अवधिमा माइक्रोफाइनान्सको नाफा ६ करोड रुपैयाँ थियो।

वित्तीय संस्थाले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार वार्षिक प्रतिशेयर आम्दानी ८१ रुपैयाँ ९४ पैसा कायम भएको छ। माइक्रोफाइनान्सको चुक्ता पूँजी १५ करोड ८ लाख भन्दा ८३ हजार रुपैयाँ रहेको छ।