तिनाउ र मिसन डेभलपमेन्ट बैंकको मर्जर प्रस्ताव पारित

0
Shares

तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक एक आपसमा गाभिन राजी भएका छन् । शुक्रबार सम्पन्न दुबै बैंककोे विषेश साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको हो ।

विशेष साधारण सभाले तिनाउ विकास बैक र मिसन डेभलपमेन्ट बैकलाई एक बराबर एक शेयर स्वाप अनुपातमा एक आपसमा गाभिने (मर्ज गर्ने) सहमति प्रदान गरेको हो ।

मर्जर पश्चात बन्ने बैंकको नाम तिनाउ मिसन विकास बैक रहनेछ । बैंकको अध्यक्षमा टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा प्रदिप कुमार श्रेष्ठ र सहायक प्रमुख कार्यकारी अधिकृतमा हरि प्रसाद घिमिरे रहने भएका छन् ।

मर्जर पश्चात बन्ने बैकको चुक्ता पूँजी १ अर्ब १४ करोड रुपैयाँ, निक्षेप १० अर्ब २२ करोड रुपैयाँ, कर्जा लगानी ८ अर्ब ९५ करोड रुपैयाँ र शाखा संख्या ३८ पुग्ने छ ।

मिसन डेभलपमेन्ट बैक र तिनाउ विकास बैंक एक आपसमा गाभिएपछि बन्ने तिनाउ मिसन डेभलपमेन्ट बैंकसँग नेपाल कम्युनिटी डेभलपमेन्ट बैक पनि गाभिने सम्झौता भैसकेको छ । हाल नेपाल कम्युनिटीको ५३ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी छ ।