डेपुटी गभर्नर श्रेष्ठमाथि अनुसन्धान गर्न भोलि समिति गठन हुने

0
Shares

डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि लागेको आरोप बारे छानबिन गर्न सोमबार समिति गठन हुने भएको छ ।

आइतबार बसेको राष्ट्र बैंकको बोर्ड बैठकमा श्रेष्ठमाथि लागेको आरोपको एजेन्डाले औपचारिक प्रवेश नपाएपछि सोमबार पुन राष्ट्र बैंक संचालक समितिको बैठक बस्ने भएको छ ।

सरकारको औपचारिक पत्र नआएको भन्दै आइतबारको बैठकमा सामान्य छलफल भएपनि निर्णय हुन नसकेकाले भोलि बस्ने बैठकले समिति गठन गरेर छानबिन अगाडि बढाउने निर्णय गर्ने एक संचालकले जानकारी दिए ।

छानबिन समितिले उनलाई दोषी किटान गरेमा राष्ट्र बैंक संचालक समितिको सिफारिसमा श्रेष्ठलाई सरकारले बर्खास्त गर्न सक्छ।

‘राष्ट्र बैंक ऐन–२०५८ मा सञ्चालक समितिले छानबिन गरी सिफारिस गर्नुपर्ने, स्पष्टीकरणको मौका दिने र त्यसपछि पदमुक्त गर्नुपर्ने प्रावधान छ ।

सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि वित्तीय स्थायित्वमा आँच पुग्ने काम गरेको आरोप लगाएको छ । लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको र रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको लगायत आरोप श्रेष्ठलाई लागेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको लगायत आरोप पनि उनीमाथि छ ।

डेपुटी गभर्नर श्रेष्ठमाथि अनियमितताको आरोप, निलम्बनको तयारी