डेपुटी गभर्नर श्रेष्ठमाथि अनियमितताको आरोप, निलम्बनको तयारी

0
Shares

सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि अनियमितताको आरोपमा छानबिन गर्ने भएको छ । श्रेष्ठलाई वित्तीय स्थायित्वमा आँच पुग्ने काम गरेको आरोपमा निलम्बन गर्न लागिएको हो ।

एक महिनाअघि अर्थमन्त्री डा. युवराज खतिवडाले श्रेष्ठले वित्तीय स्थायित्वमा आँच पुग्ने काम गरिरहेको भन्ने प्रस्ताव मन्त्रीपरिषद् बैठकमा लगेका थिए। 

लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको र रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको लगायत आरोप श्रेष्ठलाई लागेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको लगायत आरोप पनि उनीमाथि छ ।

‘राष्ट्र बैंक ऐन–२०५८ मा सञ्चालक समितिले छानबिन गरी सिफारिस गर्नुपर्ने, स्पष्टीकरणको मौका दिने र त्यसपछि पदमुक्त गर्नुपर्ने प्रावधान छ ।

श्रेष्ठमाथि छानबिन गर्ने विषयमा छलफल गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक आइतबार बोलाइएको छ । गभर्नर डा. चिरञ्जिबी नेपालले श्रेष्ठमाथि छानविन गर्ने मन्त्रीपरिषद्को निर्णय बैठकमा प्रस्तुत गर्ने छन्। मन्त्रीपरिषदले श्रेष्ठलाई निलम्बन गर्न भनेको छ ।