माछापुच्छ्रे बैंकमा देखिएन सुधार, खर्च बढ्दा प्रतिशेयर आम्दानीमा गिरावट

0
Shares

माछापुच्छ्रे बैंक चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३७ करोड ६० लाख खुद नाफा गरेकोे छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १.१६ प्रतिशत बढी हो । गत बर्ष बैंकले ३७ करोड १६ लाख खुद नाफा गरेको थियो ।

तीन महिनाको अवधिमा बैंकको वितरण योग्य नाफा १५ करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको निक्षेप ७.१३ प्रतिशत तथा कर्जा करिब ११.३७ प्रतिशतले बढेको छ । यसबाट बैंकको खुद ब्याज आम्दानी १३ प्रतिशत बढीले बढाएको छ । तर बैंकको खर्च ३० प्रतिशतले बढ्दा नाफामा सुधार हुन सकेन् ।

असोज मसान्तसम्म बैंकले ९१ अर्ब २७ करोड निक्षेप संकलन गरेर ८३ अर्ब ६३ करोड कर्जा लगानी गरेको छ । यसबाट ९५ करोड २४ लाख खुद ब्याज आम्दानी गरेको छ ।

नाफामा सामान्य बढेपनि चूक्ता पूँजी बढेकाले बैंकको प्रतिशेयर आम्दानीमा गिरावट आएको छ । प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४६ पैसाबाट १७ रुपैयाँ ७८ पैसामा झरेको छ । जसको चुक्ता पूँजी ८ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ छ । जगेडामा २ अर्ब बढी रकम छ ।

बैंकको आधार ब्याजदर १०.५६. प्रतिशत, कोषको लागत ७.५७ छ। बैंकको आधार ब्याजदर कोषको लागत दुवै घटेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा समेत घटेको छ । यस अवधिमा बैंकमा ०.३१ प्रतिशत खराब कर्जा छ । बैंकको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात १२.६० गुणा रहेको छ।