नेप्सेमा दुई कम्पनीको एक करोड एघार लाख कित्ता शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा शुक्रबार एक विकास बैंक र एक लघुवित्त कम्पनीको गरी १ करोड कित्ता बढी शेयर सूचीकृत भएको छ।

शुक्रबार शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १ करोड २ हजार ३ सय ८८ दशमलव ६४ कित्ता शेयर तथा ग्लोबल आइएमई लघुवित्तको ११ लाख ४ हजार ५७५ कित्ता शेयर थपिएको हो ।

नेप्सेका अनुसार पूर्णीमा डेभलपमेन्ट बैंक र भार्गव डेभलपमेन्ट बैंकलाई गाभेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाममा उक्त शेयर सूचीकृत भएको हो ।

त्यस्तै ग्लोबल आईएमई लघुवित्तले केहि महिना अघि बिक्री गरेको ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद शेयर पनि सूचीकृत भएको हो ।