गणपति माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन

0
Shares

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको मंसिर १८ गते बुधबार नेप्सेमा शेयरमूल्य समायोजन भएको छ।

नेप्सेले ७ प्रतिशत बोनसपछिको मूल्य समायोजन नयाँ मूल्य प्रतिकित्ता ४६२ रुपैयाँ ६२ पैसा कायम गरेको छ। बुधबार माइक्रोफाइनान्सको समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा शेयर कारोबार खुल्नेछ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त लाभांश अनुमोदन गर्न माइक्रोफाइनान्सले पुस ४ गतेसाधारण सभा बोलाएको छ। माइक्रोफाइनान्सको लाभांश मंसिर १७ गते मंगलबारसम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन्।

हाल १० करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको माइक्रोफाइनान्सको बोनस वितरणपछि चुक्ता पूँजी ११ करोड ७ लाख रुपैयाँ पुग्नेछ । सभाले बोनस पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।