एक महिनामा ७४ अर्ब विप्रेषण थपियो, आप्रबाह दर भने घट्यो

0
Shares

चालु आर्थिक वर्षको कात्तिक महिनामा ३०४ अर्ब ९७ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । यो रेमिट्यान्स आप्रबाह चालु आर्थिक वर्षको तेस्रो महिना असोजको तुलनामा ७४ अर्बले धेरै हो । तर, गत आर्थिक वर्षको सोही अवधीको तुलनामा भने २.३ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा हेरक महिना रकम वृद्धि भएपनि गत आर्थिक वर्षको तुलनामा विप्रेषण आप्रबाह दर घटेको छ । चालु आवको असोज महिना गत आवको सोही अवधीको तुलनामा ४.९ प्रतिशतले घटेको विप्रेषण गत आवको कात्तिक महिनाको तुलनामा चालु आवको कात्तिक महिनाको २.३ प्रतिशतले घटेको छ । 

चालु आवको कात्तिकमा ३०४ अर्ब ९७ करोड रुपैयाँ विप्रेषण आएको छ । यो विप्रेषण आप्रबाह दर गत आर्थिक वर्षका सोही अवधीको तुलनामा २.३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको कात्तिकमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले कमी आएको केन्द्रीय बैंकले जनाएको छ । गत आवको कात्तिकमा यस्तो आप्रवाह २३.१ प्रतिशतले बढेको थियो ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कात्तिकमा ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.४ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या चालु आवको कात्तिकमा ९.१ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति २.५ प्रतिशतले कमी आई ३४४ अर्ब ८ करोड रुपैयाँ कायम भएको छ । गत आवको साही अवधिमा यस्तो प्राप्ति ३३.६ प्रतिशतले बढेको थियो ।