
पाँचथर पावर कम्पनी (PPCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड १७ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिमा १२ करोड ६ लाख नोक्सानीमा रहेको कम्पनीले उल्लेख्य रुपमा खर्च कटौति गर्दा कम्पनी नाफामा गएको हो।
गत आवको यसै अवधिको तुलनामा २४ लाख ३९ हजार रुपैयाँ कम विद्युत बिक्री वापतको आम्दानी भएपनि खर्चका सबैजसो शिर्षकहरुमा घटाउँदा कम्पनी नाफामा पुगेको छ।
पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री गरेर २४ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ। यस्तै गत आवको यसै अवधिमा फाइनान्सियल कस्ट ११ करोड ११ लाख घटेर ९ करोड ८८ लाखमा, ह्रासकट्टी ४ करोड ३३ लाख घटेर ४ करोड ३० लाखमा, अन्य सञ्चालन खर्च ५६ लाख घटेर ९६ करोड ५५ लाखमा, र कर्मचारी खर्च पनि ३७ लाख घटेर ३८ लाख ९६ हजारमा सुधारिएको छ।
चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी पनि ८ रुपैयाँ ५० पैसा रहेको छ। यस्तै कम्पनीको जगेडा कोषमा १४ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेकाले प्रतिशेयर नेटवर्थ भने ८५ रुपैयाँ २५ पैसा रहेको छ। यद्यपी कम्पनीको जगेडा नोक्सानी ८ करोड १८ लाखले घटेको छ।
