शेयर बजारको उच्च वृद्धिमा जोखिम पनि उत्तिकै

0
Shares

धितोपत्र बजार परिसूचकले पछिल्लो समयमा न्यनतम विन्दू १११० को अंकवाट सुधारको गतिमा रहेको शेयर बजार विगत केही महिना देखि निरन्तर उच्च अंकले वढेको छ । उच्च अंकको वृद्धि पछिको करेक्सन सामान्य रहेकाले बजारमा जाखिमको सभ्भावना पनि उत्तिकै बढको हो ।

गत मंसिर ८ गते १० अंकले घटेर पछिल्लो केही वर्षकै न्यून विन्दु १११० अंकमा झरेको थियो । त्यसपछि निरन्तर वढ्न थालेको नेप्से परिसूचक एक दिन करिब ४३ अंक सम्मले वढेको छ । तर, उच्च अंकको करेक्सन भनेको २६ अंकको मात्र रहेको छ । बिहीबार मात्र नेप्से परिसूचक २९ अंकले वढेर १४३४.५७ अंकमा पुगेको छ ।

यो बीचमा धेरै दिन शेयर बजार सुधारको गतिमा रहेको छ । तर, बजारमा उच्च अंकको निरन्तरको सुधार र न्यून करेक्सनले शेयर लगानीकर्ता होसियार हुनु पर्ने देखिन्छ । शेयर बजारमा वियर चक्र सकिएको विश्लेषण गरिएको भएपनि निरन्तर आएको उच्च सुधारले बजारमा जोखिम ल्याउने विषयमा पनि विष्लेषकहरु सहमत छन ।

“अहिले बढेको बजारमा लगानी गरेका कारोबारीले शेयर बिक्री गर्न थालेको खण्डमा साना लगानीकर्ता फस्ने जोखिम हुन्छ,”एक विश्लेषकले भने,“अहिलेको सुधारले जोखिम वढाएको हुँदा दिर्घकालीन सुधार हो भन्न सक्ने अवस्था छैन ।” शेयर बजारको सुधार दिर्घकालीन हुन्थ्यो भने निरन्तर उच्च अंकको सुधार नहुने उनको विश्लेण छ ।

यस्तो बजारमा कारोबारी हावी हुँदा साना तथा दिर्घकालीन लगानीकर्ताको मनोबल कमजोर हुने अवस्था आउनसक्छ । तर, पछिल्लो समयमा बजारमा आएको सुधारमा सामाजिक सञ्जालको पनि उत्तिकै हात रहेको एक लगानीकर्ताले बताए । “विगत लामो समय देखि निष्क्रिय रहेका लगानीकर्ताका समाजिक सञ्जालका पेज तथा च्याट ग्रुप समेत सक्रिय हुन थालेका छन् ।” ती ग्रुपहरुमा लगानीकर्ताले विभिन्न कम्पनीको अधिकतम शेयर मूल्य समेत तोकेर किन्न सुझाउने गरिएको समेत ति लगानीकर्ताले बताए ।

बिहीबार मात्र हिमालयन डिस्टिलरीको शेयर मूल्य प्रति कित्ता २६ सय रुपैयाँ सम्म पुग्ने भविष्यवाणी गर्दै शेयर किन्नका लागि हौसाएको ती लगानीकर्ताले बताए ।