कोरोना संक्रमित १९ वर्षिया युवतिलाई मुख्यमन्त्रीको टेलिफोन

0
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार धौलागिरी अस्पतालमा उपचार गराइरहेकी १९ वर्षीय अंशु सापकोटा सँग बिहीबार टेलिफोन संवाद गरि स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सापकोटालाई टेलिफोन सम्पर्क गरि मुख्यमन्त्री गुरुङले मन दह्रो पार्न, नियमित तातोपानी सेवन गर्न सुझाव दिएका छन्।

उनले डक्टर नर्सहरुसँग नियमित सम्पर्कमा रहिरहेकाले निको हुने भएकाले नआत्तिन आग्रह गरेका छन्। उनले १४ दिन पश्चात पनि थप केही दिन बसेर रोग निको भएपश्चात मात्र घर जान भनेका छन्।

उनले युरोपतिरको नेपालीहरुले पनि मन दह्रो गरेर आत्मविश्वासबाट कोरोसँग लडेको बताउँदै आफूलाई डक्टरहरुलाई पनि राम्रो हेरचाह गर्न निर्देशन दिएको बताएका छन्। सापकोटासँग नियमित सम्पर्कमा पनि रहने पनि उनले बचन दिएका छन्।

जवाफमा अंशु सापकोटाले आफू नियमित रुपमा तातोपानी सेवन गरिरहेको र डक्टरहरु आफ्नो कोठमा नआएपनि टेलिफोन मार्फत सम्पर्क भइरहेको बताएकी छन्।

काठमाडौं बाग्लुङकी सापकोटा चैत ४ गते बेल्जियमबाट कतार नेपाल आएकी थिइन। चैत ४ गते कतार एयरवेजमा आएकी युवतीमा कोरोना देखिएपछि वृद्धाको पनि स्वाब परीक्षण गरिएको थियो । स्वाबको नमूना पोजेटिभ देखिएपछि दुवै अहिले दुवै धौलागिरि अस्पतालको आइसोलेशन वार्डमा उपचाररत छन् । पैँसट्ठी वर्षीया महिलामा दम र रक्तचाप समस्या छ । युवतीको अवस्था सामान्य रहेको उपचारमा संलग्न डा प्रदीप श्रेष्ठले जानकारी दिए।

नेपालमा हालसम्म ९ जना कोभिड १९ बाट संक्रमित भएकोमा १ जनालाई निको भएको छ भने ८ जनामा संक्रमण बाँकी रहेको छ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले मुख्यमन्त्री र अंशुबीचको फेसबुकमा पोष्ट गरेका कुराकानी:-

प्रकाशित मिति: २७ चैत २०७६, बिहीबार  १३ : १३ बजे