सवारीसाधन चल्ने निर्णय भएको छैन: यातायातमन्त्री नेम्वाङ

0
Shares

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘लकडाउन’ का कारण अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान दिइने सम्बन्धमा कुनै निर्णय नभएको बताएका छन्।

सो सम्बन्धमा निर्णय भएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि मन्त्री नेम्वाङले यस विषयमा निर्णय नभएको प्रष्ट पारेका हुन्। ‘लकडाउन’ को समयमा जनताले दुःख पाइरहेकाले यस किसिमको सुझाव आउनु स्वभाविक भएको उनले बताए।

आफूले पनि सञ्चारमाध्यमबाट सयौं किलोमिटर हिँडेरै घर जान लागेको जानकारी पाइरहेको उनले राससलाई बताए । उनले भने “आगामी वैशाख ३ गतेसम्म लकडाउन भएकाले त्यसपछिको अवस्था हेरेर थप निर्णय हुनेछ ।”

प्रकाशित मिति: २७ चैत २०७६, बिहीबार  १९ : ०३ बजे