सोह्र लाख संक्रमितमध्ये ९५ हजारको ज्यान गयो, ४९ हजार संवेदनशिल अवस्थामा

0
Shares

विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसबाट संक्रमित भएकामध्ये शुक्रबार बिहान साढे ९ बजेसम्म ९५ हजार ७३५ को ज्यान भएको छ भने कूल १६ लाख ५ हजार बढी यस रोगबाट शिकार भएका छन्।

अझैपनि संक्रमित भएका ११ लाख ५२ हजार मानिस मध्ये ४९ हजार १२८ को अवस्था संवेदनशिल रहेको छ भने ११ लाख ३ हजारको अवस्था समान्य रहेको छ। यस अवधिमा ३ लाख ५६ हजार ६६० उपचारपछि निको भएर घर फर्किएका छन् ।

दुई सय एघार देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाबाट आजै मात्र सबेरै ४२ जनाको ज्यान भएको हो भने १ हजार ६६ नयाँ व्यक्तिमा यो सक्रमण फैलिएको छ। अमेरिका, मेक्सिको, जापान न्युजल्याण्ड, स्चीन, होन्डुरसमा सबैभन्दा धेरै नयाँ संक्रमित देखा परेका छन्।

शक्तिशाली राष्ट्र अमेरिकामा कूल संक्रमितको संख्या ४ लाख ६८ नाघेको छ। स्पेनमा १ लाख ५३ हजार, इटाली १ लाख ४३ हजार, जर्मनी १ लाख १८ हजार, फ्रान्समा १ लाख १७ हजार, चीन ८१ हजार , इरान ६६ हजार, बेलायत ६५ हजार, टर्की ४२ हजार, बेल्जियम २४ हजार, स्वीजरल्याण्ड २४ हजार, नेदरल्याण्ड २१ हजार, क्यानडा २० हजार, ब्राजिल १८ हजार, पोर्चुगल १४ हजार, अष्ट्रिया १३ हजार, र दक्षिण कोरीया र रसियामा १० हजार बढी व्यक्तिमा कोभिड १९ को संक्रमण फैलिएको वल्डमिटरले जनाएको छ। इजरायल र स्वीडेनमा पनि दश हजार नजिक छ।

इटालीमा सबैभन्दा धेरै कूल १८ हजार २७९ बढीको ज्यान गएको छ भने अमेरिकामा १६ हजार ६९७ जनाको ज्यान गएको छ । यस्तै स्पेनमा १५ हजार ४४७, फ्रान्समा १२ हजार २१०, बेलायतमा ७ हजार ९७८, इरानमा ४ हजार ११०, चीनमा ३ हजार ३३६, जर्मनी २ हजार ६०७, बेल्जियममा २ हजार ५२३, नेदरल्याण्डमा २ हजार ३९६ जना, र ब्राजिलमा ९५७ जनाको ज्यान गएको छ ।

छिमेकी राष्ट भारतमा ६ हजार ७२५ जनामा कोभिड १९ को पुष्टि भएकोमा २२७ जनाको मृत्यु भएको छ। ६३५ जनामा यो रोग निको भएको छ। अझै ५ हजार ८६३ मा यो संक्रमण छ।

नेपालमा कूल २ हजार ८९५ वटा परीक्षण सम्पन्न हुँदा ९ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएकोमा १ जनालाई निको भएको छ भने ८ जनामा अझै बाँकी रहेको छ। नेपालमा ७ हजार ५७९ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने ११७ जना आइसोलेसनमा रहेका छन्। १९ वटा अपस्तालमा नमुना परिक्षणको व्यवस्था गरिएको छ।

प्रकाशित मिति: २८ चैत २०७६, शुक्रबार  ०९ : ४३ बजे