कोशी अपस्तालमा पिसिआर मेसिनबाट कोरोनाको नमुना परिक्षण सुरु

0
Shares

विराटनगर स्थित कोशी अपस्तालमा शुक्रबारदेखि पोलिमर चेन रियाक्सन (पिसिआर) मेसिनबाट कोरोनाको नमुना परिक्षण सुरु भएको छ। यससँगै देशभर कूल ११ वटा स्थानबाट कोभिड १९ को नमुना परिक्षण हुन थालेको छ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अन्य जिल्लामा पनि पिसिआर मेसिन जडान कार्य भैरहेको जानकारी दिए।

उनले इपिडिमिओलोजी तथा रोग नियन्त्रण महााखा र नेपाली सेनाको टोलीले चैत २७ गते डडेल्धुराबाट १९९, बैतडीबाट ४२५ र कर्णाली प्रदेशबाट ८५ गरि कूल ७०९ वटा नमुना संकलन गरेको जानकारी दिएका छन्। यी सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण भैरहेको उनको भनाई छ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि जनशक्ति व्यवस्थापन गर्ने उदेश्यले हाल सेवा वाहिर रहेका र सेवा निवृत्त भएका चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई पनि खटाउने भएको छ।

विश्वमहामारी विरुद्ध लड्नका लागि हाल सेवा वाहिर रहेका र सेवा निवृत्त भएका चिकित्सक, स्वास्थ्यकर्मीहरुलाईपनि स्वेच्छिक रुपमा आबद्ध हुन आह्वान गरेको प्रवक्ता देवकोटाले बताए। यस्तै छात्रवृत्तिमा अध्ययनरत चिकित्सकलाई परिचालन गर्ने निर्णय गरेको छ। यसले जनशक्ति व्यवस्थापनमा ठूलो मद्दत्त पुग्ने उनले बताए।

प्रकाशित मिति: २८ चैत २०७६, शुक्रबार  १७ : ४४ बजे