कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो, १६ लाख ४० हजारमा संक्रमण

0
Shares

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर १ लाख नाघेको छ। शुक्रबार राती १० बजेसम्ममा १ लाख १९६ जनाको मृत्यु भएको छ भने कूल संक्रमितको संख्या पनि १६ लाख ४० हजार नाघेको छ। ३ लाख ६९ हजार भने निको भएर घर फर्किएका छन्।

यस रोगबाट इटालीमा सबैभन्दा धेरै १८ हजार ८४९ जनाको मृत्यु भएको छ भने शक्तिराष्ट्र अमेरिकामा पनि १७ हजार ९११ जनाको ज्यान गएको छ। यसैगरि स्पेनमा १५ हजार ९७०, फ्रान्स १२ हजार २१०, बेलायत ८ हजार ९३१, इरान ४ हजार २३२, चीन ३ हजार ३३६, बेल्जियम ३ हजार १९, जर्मनी २ हजार ६०७, नेदरल्याण्ड २ हजार ५११ र स्वीजरल्याण्डमा १ हजार १ जनाको कोभिड १९ को कारण मृत्यु भएको वल्डमिटरले जनाएको छ।

शुक्रबार मात्रै अमेरिकामा १ हजार २०० बढीको ज्यान गएको छ भने बेलायत ९५३, इटाली ५७०, स्पेन ५२३, बेल्जियम ४९६, इरान १२२ र नेदरल्याण्डमा ११५ जनाको ज्यान गएको छ।

अमेरिकामा सबैभन्दा धेरै ४ लाख ७८ हजार संक्रमित रहेका छन् भने स्पेनमा १ लाख ५७ हजार, इटाली १ लाख ४७ हजार, जर्मनी १ लाख १९ हजार, फ्रान्स १ लाख १७ हजार, , चीन ८१ हजार, इरान ६८ हजार, बेलायत ६५ हजार, टर्की ४२ हजार, बेल्जियम २६ हजार, स्वीजरल्याण्ड २४ हजार, नेदरल्याण्ड २३ हजार र क्यानडामा २१ हजार बढीमा यो रभाइरसको संक्रमण देखा परेको छ।

प्रकाशित मिति: २८ चैत २०७६, शुक्रबार  २२ : १९ बजे