धौलागिरि अस्पतालमा पुग्यो तीन भेन्टिलेटर

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा सहज पु¥याउनका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङलाई तीन भेन्टिलेटर पठाएको छ ।

दुई जनामा कोरोना संक्रमित पुष्टि भएको बागलुङ नेपालकै उच्च जोखिम भएको जिल्लामा पर्छ। कोरोना संक्रमितलाई अहिले आइसोलेशन वार्डमा राखी उपचार गराइरहेको अञ्चल अस्पताललाई स्वास्थ्य मन्त्रालयले दुई र गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले एक थान भेन्टिलेटर उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

कोभिड–१९ का बिरामीलाई श्वासप्रश्वासमा समस्या हुँदा तत्कालै भेन्टिलेटरमा राख्नुपर्ने भए पनि हालसम्म अस्पतालमा भेन्टिलेटर थिएनन्। स्वास्थ्य सेवा विभागका वरिष्ठ ल्याब टेक्निसियन धनप्रसाद पौडेलले दुई आधुनिक भेन्टिलेटर मन्त्रालयका तर्फबाट अस्पताललाई हस्तान्तरण गरेका अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले जानकारी दिए।

प्रकाशित मिति: २९ चैत २०७६, शनिबार  १५ : ४६ बजे