सुन १० हजार ४०० रुपैयाँले बढ्यो, लकडाउनपछि पहिलो पटक तोकियो भाउ

0
Shares

नेपाल सुनचाँदी व्यवसायी महासंघले लकडाउन पछि जेठ २५ गते आइतबार सुनचाँदीको मूल्य निर्धारण गरेको छ।

दैनिक निर्धारण हुँदै सुनचाँदीको भाउ सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेपछि बजार बन्द हुँदा साढे २ महिना पश्चात आएर महासंघले आइतबार  तोकेको हो।

महासंघले जेठ २५ गते आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँ तोकेको छ। यसैगरि तेजावी सुनको मूल्य ८६ हजार ९६० र चाँदीको भाउ प्रतितोला ९२५ रुपैयाँ निर्धारण गरिएको छ।

लकडाउनअघि महासंघले चैत १० गते छापावाल सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ, तेजावी सुनको मूल्य ७६ हजार ७०० र चाँदीको भाउ प्रतितोला ७२० रुपैयाँ निर्धारण गरिएको थियो।

लकडाउनमा पश्चात खुलेको बजारभाउ प्रतितोला १० हजार ४०० रुपैयाँले बढेको छ भने चाँदीमा २०५ रुपैयाँले बढेको छ।

उता नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले भने सूचनाको लागि भन्दै जेठ १४ गतेदेखि नै सुनको नयाँ भाउ प्रकाशित गर्न थालेको थियो।