आइतबारदेखि शेयर बजार खुल्छ भन्ने अपेक्षा गरौं, भर नपरौं

0
Shares

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते देखि लकडाउन गरेपछि बन्द रहेको धितोपत्रको दोस्रो बजारको कारोबार कहिलेदेखि सुचारु हुने भन्नेमा अझै कुनै ठोस निर्णय हुन सकेको छैन् ।

लकडाउनकै बीचमा केहि व्यवस्थाहरु परिमार्जन गरेर दुई दिन (वैशाख ३० र ३१) गते बजार खुलाईएको भएपनि लगातार नकारात्मक सर्किट लागेपछि लगानीकर्ताहरुको आग्रहमा बन्द गरिएको थियो । असार १ गतेयता लकडाउन खुकुलो भएपछि बजार खुलाउनुपर्छ भन्ने आवाजहरु बढ्दै गएपनि अझै बजार खुल्न सकेको छैन ।

धितोपत्रको द्रोसो बजार कसरी र कहिलेबाट खुलाउने भन्ने बारेमा अध्ययन गर्न गठित समितिले शुक्रबार मात्रै प्रतिवेदन बुझाएको छ । आइतबार बस्ने धितोपत्र बोर्ड संचालक समितिको बैठकले अध्ययन प्रतिवेदनको आधारमा बजार खोल्ने निर्णय गर्ने अपेक्षा गरिएको छ ।

धितोपत्र बोर्डले बजार संचालन गर्ने मोडलहरुका बारेमा पनि छलफल गरेको छ । अब बजार खोल्दा परिवर्तित कारोबार संरचना अनुसार धितोपत्रको किनबेच गर्ने बातावरण बनाउने कि पुरानै नियमीत बजारको ब्यवस्था अनुसार गर्ने भन्नेमा छलफल गर्ने भएको छ । सामान्य अवस्थाअनुसार बजार सञ्चालन भयो भने बजार ५ घण्टा खुल्नेछ । शेयरमूल्य १० र इन्डेक्स ६ प्रतिशतसम्म घटबढ हुन सक्नेछ ।

तर विशेष परिस्थिति अन्तर्गत बजार खुला गर्ने हो भने कारोबार समय घटाइनेछ भने शेयरमूल्य र इन्डेक्स घटबढ हुने सीमा निर्धारण गरिनेछ । बजारका जानकारहरुले भने सामान्य अवस्था जस्तै बजार संचालन गर्नुपर्ने तर्कहरु गर्दै आएका छन् ।

धितोपत्र बोर्ड र लगानीकर्ताका विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधिबीच शुक्रबार भएको सहमति अनुसार धितोपत्रको दोस्रो बजार सुचारु गर्ने वातावरण बनेको छ । तर शेयर बजारको सुधारका लागि लगानीकर्ताले राखेका कतिपय मागहरु अझै सम्बोधन नभएको अवस्थामा बजार कसरी खुलाउने भन्ने बारेमा भने धितोपत्र बोर्ड अझै निर्णयमा पुग्न सकेको छैन् ।

…आगामी दिनमा बजार बन्द नगर्ने सहमतीपत्रमा लगानीकर्ताको हस्ताक्षर, आफ्नै कारणले बजार बन्द भएको स्वीकार…

बन्दाबन्दीको अवधिमा नै बोर्ड, नेप्से तथा सिडिएससिले अनलाइन कारोबार प्रक्रियालाई सरल बनाउन केहि सुधारका काम गरेपछि लकडाउन पूर्णरुपमा नखोलेपनि शेयर लगानीकर्ताहरुले घरबाटै कारोबार गर्न सक्ने अवस्था रहेको छ ।

लकडाउनले समग्र अर्थव्यवस्था संकुचनमा पुगेको अवस्थामा शेयर बजारमा उच्च गिरावट आउने त्रास लगानीकर्ता र सरोकारवाला देखिएको छ । नियमनकारी निकाय र तालुकदार अधिकारीहरु पनि बजार घट्ने त्रासमा रहदा बजार खुलाउने कुरामा बोल्ड निर्णयलिन हिचकिचाएको अवस्था छ । भोलि बजार क्रयासको अवस्थामा पुगे त्यसको अपजसबाट जोगिनका लागि बजार खुलाउने तत्तपरता नदेखाएको आरोप उनीहरुमा लाग्दै आएको छ । यद्यपि आगामी मौद्रिक नीतिले शेयर बजारलाई थाम्न केहि राहत दिने विस्वास लगानीकर्तामा रहेको छ ।

लगानीकर्ताका नेता तथा कार्यकर्ताको निर्देशनमा नियामक निकायले कुनै पनि काम गर्दैन : धितोपत्र बोर्ड

शेयर बजारमा लगानीगर्नका लागि गठित नागरिक स्टक डिलर कम्पनीपनि बजार प्रवेश गर्ने अन्तिम तयारीमा रहेकाले दोस्रो बजारमा ठूलो पहिरो चल्न नपाउने विश्लेषणहरु पनि हुन थालेको छ । स्टक डिलर कम्पनीको पर्खाईमा पनि बजार खुलाउन तालुकदारहरुले तत्काल तत्परता नदेखाएको हुनसक्ने जानकारहरु बताउँछन् ।