एनआईसीए लघुवित्तको आईपिओ बाँडफाँड भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले शनिबार बिहान लघुवित्तको आईपीओ बाँडफाँड गरेको हो ।
बाँडफाँडको प्रारम्भिक नतिजा अनुसार ४६ हजार ५७९ जनाले २० कित्ता शेयर पाएका छन् । त्यसै गरी ३ लाख ५१ हजार १६२ जना आवेदकले १० कित्ता शेयर पाएका छन् ।
लघुवित्तले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर ४४ लाख ४३ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । जसमा कूल ४ लाख १४ हजार १८० लगानीकर्ताले आवेदन गरेकोमा १६ हजार ४३९ वटा आवेदन रद्ध भएका छन् ।
आईपीओमा परेका आवेदनमध्ये बैंक खातामा मौज्दात नभएका, दोहोरो आवेदन परेका आवेदनहरु रद्ध भएका हुन् । आवेदन रद्ध भएका लगानीकर्तालाई शेयर बाँडफाँड प्रकृयामा सहभागि नगराइएको सानिमा क्यापिटलले जनाएको छ ।
असार १० देखि १४ गतेसम्म निष्काशन भएको प्राथमिक शेयरमा ३ लाख ९७ हजार ७४१ वटा आवेदन सदर भएका छन् । सदर आवेदकलाई ४४ लाख ४३ हजार २०० कित्ता शेयर १० कित्ताका दरले बाँडफाँड गरेर बाँकी रहेको शेयर गोलाप्रथाबाट १० कित्ताका दरले ४६ हजार ५७९ जनालाई बितरण गरिएको हो ।
शेयर बाँडफाँडको नतिजा केही बेरमा नोटबजारमा हेर्न सकिनेछ ।
प्रतिक्रिया