पिलुवा खोला आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा ३ बैंकले एक अर्ब ३२ करोड लगानी गर्ने

0
Shares

डाउन पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणको लागि सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकले सहवित्तियकरण मार्फत लगानी गर्ने भएका छन् ।

रिभर फल्स् पावर लि. द्वारा प्रवद्र्धित संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिका स्थित १०.३० मेगावाट क्षमताको आयोजना निमार्ण गरिनेछ।

परियोजनाको अनुमानित लागत करीब १ अर्ब ८९ करोड ४० लाख रहेकोमा बैंकहरुले ७०ः३० को ऋणःस्वपुँजी अनुपातमा १ अर्ब ३२ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये, सिटिजन्स बैंकबाट ६५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकबाट ४२ करोड र प्रभु बैंकबाट २५ करोड लगानी हुनेछ भने ३०% स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले यस आयोजना २.५ बर्षभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य राखेको छ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको चैनपुरको बानेश्वर स्थित सबस्टेशनमा जोडिने छ ।

आयोजनाबाट बार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घन्टा र वर्खामा ७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।

सम्झौता हस्ताक्षरका अवसरमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कोरोना भाइरसका कारण सिर्जित कठीन समयमा परियोजनाको वित्तिय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धी रहेको जनाए र सहभागी सबै बैंकहरुलाई आभार व्यक्त गर्दै प्रवद्र्धकहरुलाई थप उत्साहका साथ कार्य अगाडि बढाउन अनुरोध गरे ।

कम्पनीको तर्पmबाट कार्यकारी निर्देशक सुभाष अमात्यले सबै बैंकहरुलाई विशेष धन्यवाद दिदैं आयोजनाको निर्माण कार्यमा राम्रो प्रगति हासिल गरिसकेको जानकारी गराए र परियोजना समयमै निर्माण सम्पन्न गरी संचालनमा ल्याउने विश्वास व्यक्त गरे ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।