शिवश्री हाइड्रोले निमार्ण गरिरहेको ३६ मेगावाट अपर बलेफी ८५% सम्पन्न, माघसम्म विद्युत् उत्पादन गरिने

0
Shares

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भइरहेको ३६ मेगावाटको अपर बलेफी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको छ ।

शिवश्री हाइड्रो पावर कम्पनीद्वारा निर्माण भइरहेको आयोजनाको चार हजार ५०० मिटर सुरुङ निर्माणको काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

सो गाउँपालिका–३ स्थित पाङरपु र लिदी नजीक निर्माण गरिएको बाँधको काम ८५ प्रतिशत सम्पन्न भएको छ । यस्तै वडा नं २ को बैकुण्ठेमा निर्माण गरिएको विद्युत् गृहको कामसमेत सम्पन्न भएको छ ।

विभिन्न प्राकृतिक विपद् र कोभिड–१९ को महामारीका कारण निर्धारित समयभन्दा केही पछि धकेलिएको आयोजनाबाट आगामी माघसम्म विद्युत् उत्पादन गरिने आयोजनाका कार्यकारी अध्यक्ष उमेश कसजुले जानकारी दिए।

लकडाउनका कारण मेसिनरी सामान राजधानी भित्रीसके पनि आयोजना स्थलमा पु¥याउन नसकिएको कम्पनीले जनाएको छ ।

बाइस किलोमिटर प्रसारण लाइनको ६० टावरमध्ये ५० टावरको फाउन्डेसन तयार भइसकेको छ । शुरुमा छ अर्बमा निर्माण भएको आयोजनाको लागत बढेर हाल सात अर्ब पुगेको जनाइएको छ ।

धितोपत्र बोर्डले शिवश्री हाइड्रोका प्रत्याभुतीकर्तासंग समस्याको विबरण माग्यो

शिवश्री हाइड्रोको आईपीओ बाँडफाँड, २६ करोडको शेयर बिकेन

धितोपत्र बोर्डलाई शिवश्री हाइड्रोका शेयर प्रत्याभुतकर्ताको जवाफ : प्रत्याभुत भएको शेयर सकार्न सक्दैनौं

शिवश्रीको साढे ३३ करोडको साधारण शेयरमा ९ करोडको मात्र बिक्री, प्रत्याभुतीमा यस्तो छ कानुनी प्रवधान

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।