शिव श्री हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण शेयर अन्योलमा परेको छ । कम्पनीले सर्वसाधारणका लागि शेयर निकाष्सन गरेर बिक्री बन्द गरिसके पनि बाँडफाँड हुने नहुने टुङगो नलाग्ने अवस्था उत्पन्न भएको छ ।
कम्पनीले असोज १६ गतेबाट साढे ३३ करोड रुपैयाँ बराबरको ३३ लाख ५१ हजार १४० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो । सो मध्ये निष्कासन तथा बिक्री खुला भएको अवधिमा २७.०१ प्रतिशत अर्थात ९ लाख ५ हजार १७० कित्ता शेयर मात्र बिक्री भएको छ । कम्पनीको शेयर बाँडफाँड हुनका लागि बिक्री नभएको सेयर प्रत्याभुतीकर्ताले खरिद गर्ने सम्झौता अनुसार सकार्नु पर्छ ।
तर, कम्पनीले साधारण शेयर निष्कासन गर्दाको समयमा प्रकृतिक विपत्तीको कारण योजनामा नोक्सानी पु¥याएमा सर्वजानिक रुपमा जानकारी गराउनु पर्छ । शिवश्री हाइड्रो पावर कम्पनीमा गत असार मासान्तमा बाढीका कारण पावर हाउस र आयोजनास्थल पुग्ने बाटोमा क्षती पुगेको थियो ।
सो क्षतीको औपचारीक जानकारी कम्पनीले नगरेपछि साधारण शेयरको निष्कासनसँगै बाँडफाँड प्रक्रिया थप जटील बनेको हो । गत असार मसान्तसमा बाढीका कारण योजनाको पावर हाउस र सडकमा क्षती पु¥याएको कम्पनीका अध्यक्ष बच्चु पौडेलले बताए । “बाढीले पु¥याएको क्षतीको विषयमा धितोपत्र बोर्ड र प्रत्याभुतकर्ता मर्चेण्ट बैंकहरुलाई अनौपचारीक जानकारी गराएको हो,” उनले भने, “फिल्ड भिजिटमा बोलाएको भएपनि बाटोका कारण बोर्ड तथा प्रत्याभुतकर्ता संस्थाका प्रतिनिधि आयोजना अवलोकन गर्न आउन सक्नुभएन ।”
कम्पनीले विद्युत गत साउन १५ देखि विद्युत उत्पादन सुरु गर्ने भन्ने शर्तमा प्रत्याभुतकर्ताहरुसँग बैशाख मसान्तमा शेयर प्रत्याभुत गरिएको थियो । तर आयोजनाका अध्यक्ष पौडेलका अनुसार आयोवजनाबाट विद्युत उत्पादन हुन अझै कम्तीमा पनि ६ महिना समय लाग्छ ।
प्रत्याभुतीकर्ताको रुपमा रहेका तत्कालीन भिवोर क्यापिटल (अहिलेको मुक्तिनाथ क्यापीटल) र सिआइविएल क्यापीटलले काम गरेका छन् । अण्डरराइटरले बिक्री नभएको सेयर खरिद गर्ने सम्झौता गरेपछि आयोजनामा भएको प्रकृतिक विपत्तीका कारण भएको क्षतीका कारण उनीहरुले बिक्री नभएको शेयर सकार्न पर्छ नै भन्ने कानुनी व्यवस्था छैन । यस सम्बन्धमा दुवै संस्थाका प्रतिनिधिहरु कानुनी प्रृकृयामा जाने विषयमा छलफलमा जुटेका छन् । थप विषयमा अहिले केही भन्न नसक्ने प्रतिकृया मात्र दुई संस्थाले दिएका छन् ।
देबयानी संहिता २०७४ को दफा ५३१ को उपदफा १ मा करार गर्दाको अवस्थामा आधारभुत परिवर्तन भएको करार बमोजिमको काम गर्नु नपर्ने उल्लेख छ र सोही दफाको उपदफा २ को बुँदा ख ले प्राकृतिक विपत्तिलाई व्याख्या गरेको छ । जुन कुरा आयोजनाका अध्यक्षको भनाई नजिक रहेको देखिन्छ ।
व्यवस्था अनुसार अनुसार मानवीय कृयाकलापबाट नभई प्राकृतिक विपत्तीका कारण क्षती भएको खण्डमा त्यस सम्बन्धमा विगतमा भएका सम्झौताहरु स्वत खारेज हुने व्यवस्था छ ।
कम्पनीले बाढीका कारण भएको क्षतीको औपचारीक जानकारी धितोपत्र बोर्ड र प्रत्याभुतीकर्तालाई गराएको छैन । जसका कारण अहिले करोडौं रुपैंयाको शेयर बिक्री नभए पछि यस सम्बन्धमा निकास कसरी खोज्ने भन्नेमा धितोपत्र बोर्डदेखि सम्बद्ध सबै पक्षहरु जुटेका छन् ।
देवयानी संहिताले गरेको व्यवस्था अनुसार बिक्री नभएको सेयर प्रत्याभुतीकर्ताले खरिद गर्नु पर्ने अवस्था अनिवार्य नहुने अवस्था रहन सक्छ । प्रकृतिक विपत्ती असार मसान्तमा नै आएको अवस्थामा आयोजनाका सञ्चालक तथा संस्थापकहरुले कुनै किसिमको जानकारी नगराइ चाडपर्वको समयमा हतारो गरेर शेयर निष्काशन गर्नुले पनि यो समस्यालाई अझै उत्कर्षमा पुर्याउने जानकारहरु बताउँछन् ।
यस्तो अवस्थामा आयोजनाको अवधि पर धकेलिँदा बढ्ने लागतले लगानीकर्ताले प्रतिफल पाउने समयलाई झनै पर धकेलिदिएको छ । प्रतिमेगावाट लागत साढे २२ करोड रुपैयाँ पुगेको आयोजनाले ग्रेड चार रेटिङ पाएको छ । यस्तो कमजोर अवस्थामा कम्पनीको शेयरमा गरिएको लगानीबाट प्रतिफल हासिल गर्न ९ देखि २१ बर्षसम्म लाग्न सक्छ ।
लगानी सुरक्षित नहुने अवस्था कम्पनीका प्रवद्र्धकहरुबाट नै श्रृजना भएको अहिलेको अवस्था अनि कानुनी आधारमा अहिले बिक्री नभएको झण्डै २४ करोड रुपैंयाको शेयर प्रत्याभूतीकर्ताले खरिद नगर्ने हो भने सर्वसाधारणलाई बिक्री गरीसकेको २७.०१ प्रतिशत शेयर खरिदका लागि आएको अवेदन पनि फिर्ता गर्नु पर्ने हुन सक्छ ।
तोकिएको समयमा सबै सेयर बिक्री नभएपछि बाँकी रहेको शेयर प्रत्याभुतीकर्ताले स्विकार गर्नु पर्ने नेपाल धितोपत्र बोर्डका डेपुटि कार्यकारी निर्देशन रुपेश केसीले भने “देवयानी संहिताको व्यवस्थाको विषयमा र कम्पनीमा भएको प्रकृतिक विपत्तीका कारण भएको क्षतीको विषयमा हामीले हेर्छौ,” उनले भने, “देवयानी संहिताको व्यवस्था विषयमा थप बुझन पर्ने भएकाले तत्कालका लागि यहि नै हुन्छ भन्न सक्ने अवस्था छैन । चौतर्फी रुपमा यस सम्बन्धमा चासो बढेकाले हामीले अध्ययन गरेर मात्र यस्तै गर्ने भन्ने निक्र्यौल गर्न सक्छौं ।”
यसभन्दा अघिका साधारण शेयर निष्कासन र बिक्री भए नभएको सन्दर्भमा सर्वसाधारणमा बिक्री नभएको सेयर प्रत्याभुतीकर्ताले स्विकार गरेर बाँडफाँड हुदै आएको उनले बताए । तर प्राकृतिक विपत्तीले शिवश्री हाइड्रोमा पुर्याएको असर र यस सम्बन्धमा प्रवद्र्धकहरुबाट प्रवाह हुन नसकेको सूचनाले फरक माहोल उत्पन्न भएको बताएका उनले छानबिन हुने प्रष्ट पारे ।
कम्पनीले चुक्तापुँजीको २२.६९ प्रतिशत हुन आउने ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा बिक्री गरेको थियो । यस अघि कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गर्दा बिक्री नभएको शेयर समेत गरेर उक्त परिमाणको शेयर जारी गरेको थियो । कम्पनीले यसअघि स्थानीयलाई १४ लाख ७६ हजार ४०० कित्ता साधारण सेयर निष्कासन गरेकोमा ३ लाख ३९ हजार ८३० कित्ता सेयर मात्र बिक्री भएको थियो । स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता शेयर समेत सर्वसाधारणलाई बिक्री गरेको थियो ।
कम्पनीको साधारण शेयर निष्कासन तथा बिक्री प्रवन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । शिवश्रीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावटको उपर चाकु “ए” जालविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौंमा रहेको छ । आयोजनका कुल लागत ४ अर्ब ९८ करोड रुपैयाँ देखाएको भए पनि गत असारमा बाढीले पुर्याएको क्षतीका कारण निर्माण अवधि लम्बिँदा लागत वढे्ने अवस्था छ ।
नेपाल विद्युत प्राधिकरणसँग आयोजनाबाट उत्पादित विद्युत खरिद बिक्री सम्झौता २०६७ भदौ २२ गते भइसकेको छ । बिक्री सम्झौता अनुसार बर्षा याममा ४ रुपैयाँ र हिउँदमा ७ रुपैयाँका दरले प्रतिकिलोवाट घण्टामा सम्झौता भएको हो । ब्यापारिक उत्पादन मितिलाई आधार मानेर प्रत्येक आर्थिक वर्षका लागि ३ प्रतिशतका दरले मूल्यवृद्धि गर्ने सहमति छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ७३ लाख रुपैयाँ छ ।
प्रतिक्रिया