शिवश्री हाइड्रोको आईपीओ बाँडफाँड, २६ करोडको शेयर बिकेन

Note Bazar २४मंसिर, २०७६, मंगलवार / Dec 10, 2019 11:52:am

शिवश्री हाइड्रो पावर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड गरिएको छ। आईपीओमा आवेदन गरेका सदर आवेदक सबैले मागे जति शेयर पाएका छन् ।

मंगलबार शिवश्री हाइड्रोकोको शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । बाडँफाँड सम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्न भने बाँकी छ । सिद्धार्थ क्यापिटलले केहि समयमा पूर्ण विवरण सार्वजनिक हुने जनाएको छ ।

सूचना लुकाएको भन्दै अन्डरराइटर (प्रत्याभूतिकर्ता) र कम्पनीबीच विवाद बढेपछि आईपीओ बाँडफाँड हुन सकेको थिएन् ।

धितोपत्र बोर्डले आईपीओ बाँडफाँडको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि विवाद पूर्ण रुपमा नमिल्दै आईपीओ बाँडफाँड गरिएको हो । 

शिवश्रीले ३३ लाख ५१ हजार १ सय ४० कित्ता अर्थात ३३ करोड ५१ लाख १४ हजार रुपैयाँको शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १४ लाख ६७ हजार कित्ता निष्काशन भएकोमध्ये नबिकेको ११ लाख ३६ हजार कित्ता शेयर समेत थप गरी सर्वसाधारणमा निष्काशन गरिएको थियो ।

कम्पनीले असोज १६ देखि सर्वसाधारणका लागि शेयर निष्कासन गरेको थियो। कम्पनीको आईपीओमा ७ करोड २० लाख रुपैयाँ अर्थात ७ लाख २० हजार कित्ताका लागि करिब १६ हजार आवेदन परेको थियो । कम्पनीको २६ करोड बढीको आइपीओ बिक्री हुन सकेन २६ लाख ३० हजार भन्दा बढी शेयर बिक्री हुन बाँकी नै छ ।

शिवश्री हाइड्रोको आईपीओ बाँडफाँड गर्न धितोपत्र बोर्डको निर्देशन

कम्पनीको आईपीओ बिक्री नभएपछि शेयर प्रत्याभूतिकर्ता मुक्तिनाथ क्यापिट, सीआईबीएल क्यापिटल र निष्काशनकर्ता कम्पनीबिच सूचना लुकाएको भन्दै विवाद उत्पन्न भएको थियो । यो विवाद धितोपत्र बोर्डमा पुगेपछि बोर्डले आईपीओ बाँड्न निर्देशन दिएको थियो।

कम्पनीको आईपीआलाई क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको थियो ।

शिवश्रीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावटको उपर चाकु “ए” जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले कुल लागत ४ अर्ब ९८ करोड रुपैयाँ देखाएको भए पनि गत असारमा बाढीले पुर्याएको क्षतीका कारण निर्माण अवधि लम्बिँदा लागत वढ्ने र प्रतिफल पाउने अवधि पर धकेलिने देखिएको छ । जसको प्रतिमेगावाट लागत २२ करोड ४५ लाख ९४ हजार रुपैयाँ छ ।

धितोपत्र बोर्डलाई शिवश्री हाइड्रोका शेयर प्रत्याभुतकर्ताको जवाफ : प्रत्याभुत भएको शेयर सकार्न सक्दैनौं

आयोजनामा गरिएको साधारण लगानी फिर्ता हुन करिब ९.५९ बर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुन लाग्ने अवधि २१.९५ बर्ष रहेको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ७३ लाख रुपैयाँ छ ।

शिवश्रीको साढे ३३ करोडको साधारण शेयरमा ९ करोडको मात्र बिक्री, प्रत्याभुतीमा यस्तो छ कानुनी प्रवधान


Share on:


Comments