गरिमा विकास बैंकको शाखा संञ्जाल १०० पुग्यो, काठमाडौंमा ३ वटा थपिए

0
Shares

गरिमा विकास बैंकले असोज ४ गते काठमाण्डौ उपत्यका भित्र विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

विकास बैंकले काठमाण्डौ उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतिदेवी गरी एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले ३ दिन अघि मात्र आश्विन १ गते देशका विभिन्न स्थानमा एकैदिन ६ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको थियो । आजैदेखी विकास बैंकको शाखाहरुको संख्या १०० पुगेको छ ।

यस संगै विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १६ वटा शाखा सहित देशभर सम्पुर्ण प्रदेशमा १०० शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरेको छ । विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाण्डौंमा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।