रैराङ हाइड्रोपावरले लाभांस वितरण नगर्ने

0
Shares

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २०७६/०७७ को मुनाफाबाट कुनैपनि लाभांस वितरण नगर्ने भएको छ ।

पुस ७ गते मंगलबार बसेको संचालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीले पुस २९ गते बुधबार भर्चुअल माध्यमबाट साधारण सभा सञ्चालन गर्ने भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट लाभांश वितरण नगरेपनि सो सञ्चितमा राख्ने निर्णय भएको जनाएको छ।

हाइड्रोपावरले गत आर्थीक वर्षमा १ करोड २४ लाख ५ हजार ४९१ रुपैयाँ नाफा कमाएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।