चालु आर्थिक वर्षको पुस मसान्त नजिकिँदै गर्दा सूचीकृत कम्पनीको साधारण सभाले झ्याप्पै छोपेको छ । अधिकांश सूचीकृत कम्पनीको साधारण सभा पुस मसान्त वा त्यसको वरीपरी नै छन् ।
सूचीकृत कम्पनीहरुलाई पुस मसान्तभित्रै साधारण सभा सम्पन्न गरेर कम्पनी रजिष्ट्रारको कारवाहीबाट बच्न तथा नेप्सेको कम्पनी वर्गिकरणको सूचीमा आफुलाई अब्बल ठहर्याउन पनि हरेक सूचीकृत कम्पनीलाई पुस मसान्तभित्र साधारण सभा सकाउने चटारो रहन्छ ।
त्यसैले त पछिल्ला दिनमा सूचीकृत कम्पनीहरुको शेयर दाखिला खारेजी (बुकक्लोज) को मिति पनि बाक्लिँदो छ ।
साधारण सभामा प्रतिनिधित्व तथा गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश पाउने र नपाउने लगानीकर्तालाई छुट्टाउनका लागि मंगलबार मात्रै ५ कम्पनीले आह्वान गरेको साधारण सभाका लागि र एक कम्पनीले हकप्रद जारी गर्न बुकक्लोज मिति तय गरेका छन् ।
यसअनुसार मंगलबार बुकक्लोज मिति तोकेको सबै कम्पनीको सोमबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहन आउने लगानीकर्ता मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न योग्य हुने गर्दछ । हकप्रदको हकमा पनि सोमबारसम्म कायम लगानीकर्ताले मात्र हकप्रद पाउनेछन् । साधारण सभामा पनि बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहने लगानीकर्ता मात्र लाभांश पाउन र साधारण सभाामा प्रतिनिधित्व जनाउन पाउने व्यवस्था रहेको छ ।
हेरौं कुन कुन कम्पनीले लाभांश पाउन तथा साधारण सभामा सहभागि हुन सोमबारसम्म बन्नुपर्छ शेयरधनीः
१. मितेरी डेभलपमेन्ट बैंक
२. लुम्बिनी विकास बैंक
३. एनएमबि लघुवित्त
४. समता लघुवित्त
५. युनाइटेड फाइनान्स
६. नागरिक लगानी कोष
यी सबै कम्पनीहरुले पुस १४ गते मंगलबार साधारण सभाका लागि बुकक्लोज तोकेका छन् । यसअनुसार सम्बन्धीत कम्पनीका लगानीकर्ताले साधारण सभामा सहभागि हुन तथा लाभांश पाउन आजसम्म शेयरधनी कायम भैसकेको हुनुपर्छ । नागरिक लगानी कोषको हकप्रद पाउन पनि आजसम्म शेयरधनी कायम भैसकेको हुनुपर्छ ।
- कसको कति लाभांश ?
साधारण सभाका लागि बुकक्लोज मिति तोकेका कम्पनीमध्ये मितेरी डेभलपेमन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश, लुम्बिनी विकास बैंकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३ प्रतिशत नगद लाभांश, एनएमबि लघुवित्तले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्दैछन् ।
यसैगरी युनाइटेड फाइनान्सले भने गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण गरेको छैन । यसअनुसार सोमबारसम्म कायम शेयरधनीले मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।
यसैगरी नागरिक लगानी कोषले ८२ प्रतिशत हकप्रद जारी गर्न मंगलबार बुकक्लोज गर्ने भएको छ । यसअनुसार सोमबारसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउनेछन् ।
- कसको साधारण सभा कहिले ?
मंगलबार बुकक्लोज गर्न लागेकामध्ये मितिेरी डेभलपमेन्ट बैंक र एनएमबि लघुवित्तको पुस २७ गते, लुम्बिनी विकास बैंकको पुस २६ गते साधारण सभा बोलाइएको छ । यसैगरी युनाइटेड फाइनान्सले पुस २९ गते सभा आह्वान गरेको छ ।
- मंगलबार तीन कम्पनीको साधारण पनि
मंगलबार तीन कम्पनीले साधारण सभा सम्पन्न गर्दैछन् । नेप्सेमा सूचीकृत समता लघुवित्त र समतासँग मर्जर प्रकृयामा रहेको घरेलु लघुवित्त तथा सानिमा माइ हाइड्रोपावरको सहायक कम्पनी सानिमा मिडल तमोरले पनि पुस १४ गते मंगलबार साधारण सभा बोलाएका छन् ।
मंगलबार पुस १४ गते सम्पन्न हुने समता लघुवित्तले गत आवको नाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ । लघुवित्तले घरेलुसँग मर्जरका लागि सम्पत्ति तथा दायित्व मूल्याङ्कनबाट प्राप्त भएको शेयर स्वाप रेसियो अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
यसैगरी घरेलु लघुवित्तले आफ्नो दोस्रो साधारण सभा आह्वान गरेको छ । लघुवित्तले घरेलु लघुवित्त र समता लघुवित्तबीचको एक आपसमा कायम भएको शेयर स्वाप रेसियो स्वीकृति प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछन् ।
यसैगरी सानिमा मिडल तमोरले पनि मंगलबार साधारण सभा बोलाएको छ । सभाले कम्पनीको जारी पूँजी ३ अर्बबाट वृद्धि गरी ३ अर्ब ३३ करोड २५ लाख पुर्याउने लगायतका प्रस्तावहरु पारित गर्दैछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया