एभरेष्ट बैंकका ग्राहकलाई सचेत रहन आग्रह

0
Shares

एभरेष्ट बैंकले आफ्ना ग्राहकलाई विदेशी नब्बरहरुबाट फोन तथा म्यासेज गरी विभिन्न प्रलोभन देखाएर बैंकमा रकम जम्मा गर्न लगाएकोप्रति गम्भिर ध्यानकर्षण भएको जनाउँदै ग्राहकलाई सचेत रहन आग्रह गरेको छ ।

बैंकले आफ्ना ग्राहकलाई यस्ता भ्रामक एवं निराधार सूचनाहरुको पछि नलाग्न आग्रह गरेको छ । विगत केही समयदेखि नेपाल, भारत ,पाकिस्तान लगायत अन्य मुलुकहरुको नम्बरबाट विभिन्न प्रलोभन देखाउदै पैसा जम्मा गर्न लगाइएको बैंकले जनाएको छ ।

त्यस्ता भ्रामक एवं निराधार सूचनाहरुमाथी विश्वास नगर्न र त्यस किसिमका सूचना प्राप्त भएमा नजिकैको शाखा अथवा प्रहरी कार्यालयमा खबर गर्न बैंकले आग्रह गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।