सुजुकीका चारपांग्रेको खरीद गर्ने ग्राहकलाई विशेष अफर, शनिबार ‘सुपर स्याटरडे’ आयोजना हुँदै

0
Shares

नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले माघ १७ गते शनिबार ‘सुपर स्याटरडे’ को आयोजना गर्ने भएको छ । यो दिन सुजुकीका चारपांग्रेको खरीद गर्ने ग्राहकले विशेष अफर पाउने भएका छन् ।

‘सुपर स्याटरडे’ मा ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, आकर्षक एक्सचेञ्ज बोनस, र निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा मोडेल अनुसार पाउनेछन् । यो अफर माघ १७ गते एक दिनका लागि मात्र देशभरका सबै ३८ वटा डिलरसिपमा लागू हुनेछ ।

नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।