प्रभु क्यापिटलले होस्टे हैंसे सँगको सहकार्यमा विद्यार्थीलाई छात्रावृत्ती प्रदान गर्ने

0
Shares

प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षाको पहुँचबाट वञ्चित रहेका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने कार्यमा सहयोग पुर्याउन गैर नाफामूलक संंस्था होस्टे हैंसे सँग सम्झौता गरेको छ ।

दुई संस्थाले विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बन्चित रहेका विद्यार्थीहरुलाई पूर्ण छात्रावृत्ती प्रदान गर्नेछन् ।

“आँखाले ज्योती, शिक्षाले उज्यालो” भनेझै बालबालिकाहरुको उज्वल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन भन्ने उद्देश्यका साथ प्रभु क्यापिटलले सामाजिक उत्तरदायित्व वहन गर्दै छात्रावृत्ति प्रदान गरेको जनाएको छ।

साथै क्यापिटलले सामाजिक दायित्व अन्र्तगतका कार्यहरु गर्दै अगाडि बढिरहेको र भविष्यमा समेत यस्ता सामाजिक दायित्व अन्र्तगतका कार्यहरु निर्वाह गरिरहने प्रतिवद्वता व्यक्त गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।