ग्लोबल आइएमई बैंक विलियन डलर क्लबमा, ११ कारोबार दिनमा शेयर मूल्य १७० रुपैंयाले बढ्यो


ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण एक खर्ब रुपैयाँ माथि पुगेको छ।

मंगलबार नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको यात्रा तय गर्दै गर्दा बैंकको प्रतिकित्ता शेयर ४९८ रुपैंयामा अन्तिम पटक किनबेच भएको थियो । आइएमई ग्रुपको मुख्य लगानी रहेको ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब रुपैयाँभन्दा माथि पुगेको हो ।

२१ करोड ६३ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण एक खर्ब दुई अर्ब रुपैयाँ भन्दा माथि पुगेको हो ।

पछिल्ला केही दिन यता ग्लोबल आईएमई बैंकको शेयर मूल्य तिब्र गतिमा उकालो लागेको थियो । बुधबार भने बजार खुले पछिको समयमा भने बैंकको शेयरमा खरिदभन्दा बिक्री चाप अधिक देखिँदा शेयर मूल्य बढ्ने क्रम रोकिएको देखिएको छ ।

गत जनवरी २१ तारिखका दिन ३३० रुपैंया प्रतिकित्ताको दरमा कारोबार खुलेको बैंकको शेयर मूल्य त्यस पछिका ११ कारोबार दिनमा ४९८ रुपैंया पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।