सनराइज बैंकका ग्राहकलाई मनकामना केबल कारको टिकट खरिदमा क्यास व्याक अफर

0
Shares

सनराइज बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्टको प्रयोग गरि मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक दिने योजना भएको छ ।

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौुं’ अभियानलाई अगाडि बढाएको बैंकले यस योजना अन्तर्गत बैंकको सन्राइज स्मार्ट प्रयोग गरि खरिद गरिएको हरेक टिकटमा ने.रु. १०० क्यास व्याक प्रदान गर्ने जनाएको छ । यो योजना २०७७ फाल्गुण ७ देखि चैत मसान्तसम्म रहनेछ ।

कोभिड १९ को वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगद मार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकको विश्वास छ ।

डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सन्राइज बैंकले बिभिन्न नबिनतम् सेवा सुबिधा ल्याउँदै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।