एनएलजी इन्स्योरेन्सको बोनस शेयर शेयरधनीको खातामा

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरी १४ औँ वार्षिक साधारण सभाबाट पारित बोनस शेयर वितरण गर्न थालेको छ ।

कम्पनीले गत कात्तिक २४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको जनाएको छ ।

इन्स्योरेन्सको मंसिर ५ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ७ प्रतिशत बोनस शेयर यर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।