७० करोड रुपैयाँ खर्चेर नयाँ भवन निमार्ण गर्दै बीमा समिति

0
Shares

बीमा समितिले ७० करोड रुपैयाँ खर्चेर नयाँ भवन निमार्ण गर्ने भएको छ । दुई वर्ष अघि तयार पारिएको डिजाइन अनुसार समितिले भवन निमार्णका लागि सहरी विकास भवन निर्माण विभागसँग सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

नेपाल इन्जिनियरीङ अध्ययन संथानले दुई वर्ष अगाडि बीमा समितिको नयाँ भवनको डिजाइन तयार पारेको थियो । अहिलेको मुल्यअनुसार लागत मुल्यमा समायोजन गर्ने गरी सम्झौता भएको समितिले जनाएको छ । लागत मुल्य ७० करोडभन्दा बढी हुन आएमा बढेको रकम बीमा समितिले भवन निर्माण विभागलाई दिने छ ।

सम्झौता अनुसार शहरी विकास भवन निर्माण विभागले नै ठेक्का लगाएर भवन निर्माण गरि निर्माण सुरु गरेको ३० महिनाभित्र निर्माण सम्पन्न गरिसक्नु पर्नेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।