बुक विल्डिङ्गमा १० संस्थागत लगानीकर्ता थपिए, कुल संख्या ७४ पुग्यो

0
Shares

नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको मूल्य तोक्ने प्रक्रियामा सहभागिताका लागि योग्य संस्थागत लगानीकर्ताको संख्या बढाएको छ ।

बोर्डले फागुन १५ गते मंगलबार थप दशवटा संस्थालाई अनुमति दिएसँगै कुल संख्या ७४ पुगेको हो । यसअघि बोर्डले सुरुवातमा संस्थागत लगानीकर्ताबाट आवेदन आह्वान गरेकोमा ६२ संस्थाले आवेदन दिएकोमा ४६ संस्थालाई पहिलो पटक पुस २२ गते योग्य छनोट गरेर अनुमति दिएकोमा दोस्रो पटक माघ २० गते थप १८ संस्थालाई अनुमति दिँदै ६४ पुर्याएको थियो ।

हाल १० कम्पनी थपिएसँगै बुक विल्डिङ्ग विधिमा सहभागि हुन योग्य कुल संस्थागत लगानीकर्ताको संख्या ७४ पुगेको छ । पछिल्लो पटक स्वीकृति पाउनेमा तीन वाणिज्य बैंकहरु लक्ष्मी बैंक, सनराइज बैंक, कुमारी बैंक सहित गुडविल फाइनान्स, युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर, विशाल ग्रुप, उषा इन्भेष्टमेन्ट प्रालि, गणेश प्रोपर्टीज एण्ड इन्भेष्टमेन्ट प्रालि, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रालि, र सिड इन्फ्रा प्रालि रहेका छन् ।

यससँगै अब बुक विल्डिङ्ग विधि मार्फत निष्काशन हुने आईपिओको मूल्य तोक्न ७४ संस्थागत लगानीकर्ता योग्य भएका छन् ।

थप समाचारहरु:-

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।