मेरोमाइक्रोका कर्मचारीलाई कार्यदक्षता अभिवृद्धि तालिम

0
Shares

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले फिल्ड सहायक कर्मचारीहरुलाई कार्यदक्षता अभिवृद्धि, सामाजिक परिचालन तथा धितो प्रमाणीकरणसम्बन्धी तालिम सम्पन्न गरेको छ ।

दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा संस्थाका अनुगमन कार्यालय तिलकपुर, नवलपरासी र बनगाउँ, दाङ अन्तर्गतका सम्पूर्ण फिल्डका कर्मचारीहरुको सहभागिता रहेको थियो। सो अनुगमन कार्यालय तिलकपुर अन्तर्गत ७ जिल्लाका ११ शाखा कार्यालय र बनगाउँ अन्तर्गत ६ जिल्लाका १० शाखा कार्यालयका ५६ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

बुटवलमा भएको समापन समारोहलाई सम्बोधन गर्नुहुदै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले फिल्डमा कार्य गर्ने कर्मचारीहरुको विशेष जिम्मेवारी रहने हुदा यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयंको तथा संस्थाको दिगो विकासमा योगदान हुने बताएका थिए ।

तालिममा कर्मचारीहरुलाई फिल्डसम्बन्धी विभिन्न प्रकारका जोखिम तथा अनुपालन सम्बन्धमा जानकारी गराइनुका साथै सम्भावित जोखिमका प्रभाव एवम् जोखिम न्यूनिकरण सम्बन्धी उपायहरु बारे सहभागीहरुलाई तालिम दिइएको थियो ।

तालिमको सहजीकरण भुमि ब्यवस्थापन तालिम केन्द्रका निर्देशक लेखनाथ दाहाल, काठमाडौं तालिम केन्द्रका प्रबन्धक राज बहादुर गिरी, संस्थाका तालिम बिभाग प्रमुख उमेश मान डङ्गोलले गरेका थिए । यस प्रकृतिका तालिमलाई भविष्यमा पनि निरन्तरता दिइने र कर्मचारीहरुलाई काममा उत्प्रेरणा जगाउने लक्ष्य लिइएको संस्थाले जनाएको छ ।

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि खोल्न लागेका नयाँ शाखा संचालनमा आए पश्चात देशका ६० जिल्लामा १३० शाखा कार्यालय मार्फत करिब १ लाख २५ हजार घरपरिवारहरुमा वित्तीय सेवा पुर्याउदै आएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।