पञ्चकन्या समूहको स्टेनलेस स्टिल ट्याङ्की उत्पादन गर्ने दोस्रो उद्योग संचालनमा

0
Shares


पञ्चकन्या समूहले भैरहवा विशेष आर्थिक क्षेत्रमा अवस्थित स्टेनलेस स्टिल ट्याङ्की उद्योग सञ्चालनमा ल्याएको छ ।

बिहीबार एक विशेष कार्यक्रम गरी पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठले उद्योगको उद्घाटन गरे । उद्योगले बिहीबारबाट नै आफ्नो उत्पादन कार्य नियमित रुपमा सुरु गर्नेछ ।

भारतमा निकासी गर्ने उद्देश्यका साथ पञ्चकन्या समूहले एस. एस. ट्याङ्कीको दोस्रो उद्योग भैरहवा विशेष आर्थिक क्षेत्रभित्र सुरु गरेको छ ।

नेपाल मै पहिलो पटक १०,००० लिटरको एस. एस. ट्याङ्की यस उद्योगबाट उत्पादन हुनेछ र यस उद्योगले २५० देखि १०,००० लिटर सम्मको भर्टिकल तथा होरिजन्टल एस. एस. ट्याङ्की उत्पादन गर्नेछ ।

उद्योगले वार्षिक ८०,००० वटा ३०४ तथा ३१६ ग्रेडका एस. एस. ट्याङ्की उत्पादन गर्नेछ । हाल काठमाडौं स्थित पहिलो उद्योगले भारतको लखनऊ तथा कलकत्ता क्षेत्रमा निकासी गरिरहेकोमा दोस्रो उद्योगले उत्तर भारतमा आफ्नो उत्पादन बिक्रि गर्ने उद्देश्य राखेको जानकारी समूहका उप-महाप्रबन्धक देवेन्द्र साहुले गराए ।

कार्यक्रममा रुपन्देही क्षेत्रका उद्योगी व्यवसायी, भैरहवा विशेष आर्थिक क्षेत्रका प्रमुख, पञ्चकन्या समूहका कर्मचारी तथा अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पञ्चकन्या समूहले नेपालमा पहिलो पटक २०६९ सालदेखि एस. एस. ट्याङ्की उद्योग सञ्चालनमा ल्याएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।