‘एनआईबीएल भी-प्रिपेड इंटरनेशनल कार्ड’ मा ३५ दिन ३५ प्रतिशत छुट

0
Shares

नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) ले ‘एनआईबीएल भी-प्रिपेड इंटरनेशनल कार्ड’ शुरू गरेको छ।

भर्चुअल कार्ड मार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्दछन् र झन्झट मुक्त छण्ण् अमेरिकी डलर प्रति वर्ष को सारा बिश्वभर ई- कमर्स भुक्तान गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले ग्राहकहरूको लागि ३५ दिन ३५ प्रतिशत छुटको प्रस्ताव पनि ल्याएको छ। नेपाल इन्भेस्टमेन्ट बैंकले ८६ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।