डिशहोमको रिचार्जमा ईन्टरनेट सित्तैमा !

0
Shares

अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा १० एमबिपिएस इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् ।

डिशहोम फाईबरनेटले सेवा सुरु गरे संगै डिशहोम फाईवरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफर बाट फाईदा लिन सक्नेछन् । डिशहोमकोे रिचार्ज गरि मासिक, त्रैमासिक अर्धबार्षिक वा बार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबिपिएसस्पीडको ईन्टरनेट निशुल्क प्रयोग गर्न सक्नेछन् ।

डिशहोमका ग्राहकहरुले फ्रि ईन्टरनेट सेवासंगै आफ्नै मोबाईलमा डिशहोम गो एप मार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरुका साथै भिओडि मार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्नेछन् ।

डिशहोम गो वेभ मार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्नेछन्, साथै एक्सभिओडिमा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु विना अतिरिक्त शूल्क आफ्नै समयमा हेरेर मजा लिन सक्नेछन् ।

डिशहोम फाईबरनेटले हाल बजारमा १० एमबिपिएस, २५ एमबिपिएस र ४० एमबिपिएसका प्याकेजहरु उपलब्ध गराएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।