मनकामना केबलकार नयाँ प्रविधिबाट सञ्चालन गर्न तीन चरणमा स्तरोन्नती

0
Shares

मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकार स्तरोन्नतीको हुने भएको छ।

विगत २३ वर्षदेखि सञ्चालित केबलकारको मर्मत, सम्भार खर्च बढ्न गएको, नयाँ प्रविधि विकास भई सो प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नती गर्दै जाने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार प्रथम चरणमा तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जाहरु फेरिने छ।

यस्तै, दोस्रो चरणमा नयाँ प्रविधि मैत्री बनाउन पूर्वाधार तयार तथा केही अन्य थप पार्टपुर्जाहरु फेर्ने र अन्तिम चणमा हाल ‘एनालग सिस्टम’ बाट डिजिटल सिस्टममा स्तरोन्नति गर्ने, केबल लठ्ठा फेरबदल गर्ने, कम्युनिकट केबललाई ‘सेट्रा’ मा रुपान्तरण गर्ने, डीसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरणा गरी हाल विद्यमान प्रविधियुक्त बनाउने कम्पनीले जनाएको छ।

तीन चरणममा कार्य गर्न करीब दुई वर्ष लाग्ने र आगामी पच्चिसौँ वार्षिक उत्सवमा नयाँ प्रविधिबाट सञ्चालन हुन जाने जानकारी गराइएको छ। उपरोक्त कार्य गर्दा नियमित मर्मत, सम्भार अलावा उपरोक्त कार्यको लागि पटक पटक सेवा अवरूद्ध हुन जाने यात्रु तथा भक्तजनलाई जानकारी गराइएको छ। सो अवधि भर अवरुद्ध हुने समय अलावा केवलकार सेवा यथावत सञ्चालन हुने कम्पनीले जनाएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।