ज्योति लाइफको शेयर आजदेखि दोस्रो बजारमा, अधिकतम ३६० रुपैयाँसम्म पहिलो कारोबार खुल्दै

ज्योति लाइफको शेयर आजदेखि दोस्रो बजारमा, अधिकतम ३६० रुपैयाँसम्म पहिलो कारोबार खुल्दै

ज्योति लाइफ इन्स्योरेन्सको साधारण शेयर बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुलेको छ ।

दोस्रो बजारमा शेयर कारोबारका लागि कम्पनीले मंगलबार ६६ लाख कित्ता आईपीओ सहित कुल २ करोड २० लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत गरेसँगै आजदेखि कारोबार खुलेको हो ।

कम्पनीको आइपीओ (नेप्सेमा पहिलो कारोबार अधिकतम ३६० रुपैयाँसम्म खुला हुँदैछ । नेप्सेले कम्पनीको प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको ओपनिङ्ग कारोबार रेञ्ज प्रदान गरेकाले प्रतिशेयर नेटवर्थ अथाृत १२० रुपैयाँदेखि ३६० रुपैयाँ बीचमा आजको स्पेशल प्रि ओपस सेसनमा कारोबार भई ११ बजेदेखि नियमित कारोबारमा आउनेछ ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको शेयरलाई १२०.२९ देखि ३६०।८७ रुपैयाँ ओपन रेञ्ज तोकेको छ । जसको कारोबार जेएलआई  (JLI) कारोबार संकेतमा कारोबारमा आउनेछ ।

ज्योति लाइफले फागुन २१ गतेदेखि २६ गतेसम्म कुल ६६ लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो । जसमध्ये ३ लाख ३० हजार कित्ता १२ वटा सामुहिक लगानी कोषका इकाईलाई र ३ लाख ३० हजार कित्ता शेयर ज्योति लाइफमा कार्यरत ३१४ जना कर्मचारीलाई सुरक्षित गरी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

उक्त शेयर गोलाप्रथाबाट ५ लाख ९४ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । कम्पनीको शेयर चैत १३ गते शुक्रबार बाँडफाँड भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ चैत २०७७, बुधबार ०८ : ५४ बजे