एनआईसी एशिया बैंकका सीईओ न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषणबाट सम्मानित

0
Shares


एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषणबाट सम्मानित भएका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट सिफारिस भएअनुसार २०७७ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा सम्माननीय राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकोमा चैत २७ मा राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच राष्ट्रपतिबाट उक्त विभूषण प्रदान गरिएको हो ।

साथै, सोही विशेष समारोहका बीच राष्ट्रपतिबाट बैंकका सहायक महाप्रबन्धक रन्जन खड्काले ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्राप्त गरे ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।