विज्ञापन व्यवसायी अर्याल चेम्बर कार्यसमितिमा निर्वाचित

0
Shares

मुलुकका अग्रणी विज्ञापन व्यवसायी तथा त्रिकोण एडभर्टाइजिङका प्रबन्ध निर्देशक राजेन्द्र अर्याल नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।

चेम्बरको ७०औं वार्षिक साधारणसभाका क्रममा भएको निर्वाचनबाट अर्याल कार्यसमिति सदस्य निर्वाचित भएका हुन् ।

एनआइसी एसिया बैंकमा सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समेत रहेका अर्याल लामो समयदेखि नेपाल चेम्बर अफ कमसको कार्यसमितिमा रहँदै आएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।