किवानीज क्लब अफ काठमाडौं नेपालयद्धारा इडियुसि नेपाललाई सहयोग

0
Shares

किवानीज क्लब अफ काठमाडौं नेपालयले ईडियुसि नेपाल बसुन्धाराका बालकालिकालाई खाजा तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । क्लबले इडियुसि नेपालका ६० बालकालिकालाई कापि कलम लगायतका शैक्षिक सामाग्री उपलब्ध गराएको हो ।

उक्त सामाग्रीहरु क्वानीज इन्टरनेशनल काठमाडौं नेपालयका लेफ्टेनेन्ट गभर्नर उत्तम सिलवाल तथा क्विानीज क्लब अफ काठमाडौं नेपालयका अध्यक्ष डा। अनुपमा श्रेष्ठको उपस्थितिमा वितरण गरिएको हो।

किवानीज क्लब अफ काठमाडौं नेपालयका उपाध्यक्ष स्वच्छम गुरुङले आफ्नी स्वर्गीय हजुरआमा टुकु माया गुरुङको सम्झनामा सो सहयोग सामाग्रीहरु क्लब मार्फत उपलब्ध गराएका थिए । क्विानीज क्लब अफ काठमाडौं नेपालयले असाय बालकालिका लागि खाद्यन्न तथा शैक्षिक सामाग्री लगायत उनीहरुको शारिरिक तथा बौद्धिक विकासका लागि विभिन्न प्रकारका सहयोगहरु प्रदान गर्दै आएको छ ।

इडियुसिले विशेष गरी असाहय बालबालिकाको लागि गुणस्तरीय शिक्षा तथा आर्थिक एंवम सामाजिक रुपान्तरणका लागि काम गर्दै आएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।