प्रभु इन्स्योरेन्सको सञ्चालकमा केशवराज आचार्य

0
Shares

प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा केशवराज आचार्य चयन भएका छन् ।

कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनी नेपाल होल्डिङ प्रालिको तर्फबाट आचार्य चयन भएका हुन्।

कम्पनीको बैशाख १५ गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले हालको नेपाल होल्डिङ प्रालि (साविकको नेपाल मनी रेमिट प्रालि) को तर्फबाट आचार्यलाई चयन गरेको कम्पनी सचिव अरविन्द कुमार कर्णले जानकारी दिए ।

यस अघि नेपाल होल्डिङ प्रालि (साविकको नेपाल मनी रेमिट प्रालि) को तर्फबाट कृष्ण बहादुर कुंवरले प्रतिनिधित्व गर्दै आएको उनले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।