प्रतिशेयर आम्दानी २ रुपैंया भएको कम्पनीको शेयर मूल्य ३०० बाट ६००, अरु ६ कम्पनीसँग तुलना गर्दा अवस्था यस्तो


धितोपत्रको दोस्रो बजारमा भर्खरै प्रबेश गरेका कम्पनीको शेयर मूल्य कृत्रिम रुपमा बढाउने अभ्यास धेरै हुन थालेको छ । साधारण शेयर निष्काशनपछि दोस्रो बजारमा कारोबार हुन थालेका धेरैजसो कम्पनीको वित्तीय अवस्थासँग मेल नै नखाने गरी शेयर मूल्य बढाउँदा सामान्य लगानीकर्ता जोखिममा परिरहेका छन् ।

पछिल्ला दिनमा चन्द्रागिरी हिल्स, हिमालयन पावर पार्टनर, एनआरएन इफ्रास्ट्रक्चर लगायतका कम्पनीको शेयर मूल्य अस्वभाविक रुपमा बढेको छ । यी कम्पनीको वित्तीय अवस्था भने सोचे भन्दा कमजोर रहदै गर्दा पनि शेयर मूल्यमा आएको उच्च दरको सुधारले लगानीकर्तालाई जोखिम तर्फ धकेलेको हो ।

चन्द्रागिरी हिल्सको प्रतिकित्ता शेयर मूल्य २ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो । त्यस पछिका दिनमा चन्द्रागिरीको प्रतिकित्ता शेयर मूल्य ९ सय रुपैयाँले घटिसकेको छ । कम्पनीको वित्तीय अवस्था हेर्ने हो भने सञ्चित कोष नोक्सानीमा छ । त्यति मात्र नभई कम्पनी नै नोक्सानीमा सञ्चालन भैरहेको छ । यो अवस्थामा पनि चन्द्रागिरीको शेयर मूल्य एक हजार ९ सय भन्दा माथि छ ।

गैर आवासीय नेपालीहरुको प्रवद्र्धनमा गत वर्ष सर्वसाधारणमा शेयर बिक्री गरेको एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको शेयर मूल्य केही दिनको अन्तरालमा ३०० रुपैयाँबाट बढाएर ६०० भन्दा माथि पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विवरण अनुसार एनआरनको प्रति शेयर आम्दानी १.९७ रुपैयाँ मात्रै छ । शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले २ रुपैयाँ पनि प्रतिफल दिन सक्ने क्षमता नभएको कम्पनीको एक कित्ता शेयर खरिद गर्न ६ सय रुपैयाँ लगानी गर्नु भन्दा अघि सोच्नु जरुरी छ । धितोपत्र बजारमा मार्केट गेनका लागि लागनी गर्ने लगानीकर्ता हाबी भउकाले पनि कम्पनीको अवसथा भन्दा पनि शेयर भन्ने वित्तीकै लगानीको निर्णय गरेको देखन्छि । यस्तो प्रवृद्धिले लगानी जोखिममा त पर्छन नै । समग्र धितोपत्र बजार समेत अस्थीर हुन पुग्छ ।

बिहीबार मात्र कम्पनीको १ लाख ३४ हजार ६८१ कित्ता शेयर कारोबार हुँदा शेयर मूल्य ४२ रुपैंयाले बढाएर ६१७ रुपैंया पुर्याइएको छ । यस दौरान सस्तोमा शेयर जम्मा गरेकाहरुले क्रमिक रुपमा महंगो मूल्यमा अरुलाई शेयर बिक्री गर्दै निस्किने क्रम बढेसँगै सामान्य लगानीकर्ता भने जोखिममा परेका छन् ।

१ अर्ब १२ करोड रुपैंया चुक्ता पूँजी रहेको कम्पनीले जलविद्युत कम्पनीहरमा गरेको लगानीबाट गत पुष मसान्तमा १ करोड ११ लाख ८२ हजार रुपैंया खुद नाफा गरी वार्षिक प्रतिशेयर आम्दानी १ रुपैंया ९७ पैसा कायम गरेको थियो । कम्पनीको यही तथ्यांकलाई आधार मान्ने हो भने गत चैत मसान्तसम्ममा कम्पनीले कति नाफा बढायो होला ?

पछिल्लो समयमा अस्वभाविक रुपमा शेयर मूल्य बढेका केही कम्पनीहरुको शेयर तथा सम्बन्धित कम्पनीहरुको वित्तीय अवस्थालाई तुलना गरिएको छ । बैंकिङ समुहबाट शेयर मूल्य अवमूल्यनको अवस्था देखिएका नेपाल एसबिआई बैंक र कुमारी बैंक, जलविद्युतबाट शेयर मूल्य माथिल्लो विन्दुमा पुर्याइएको हिमालयन पावर पार्टनर, रियल सेक्टरबाट पछिल्लो साता मात्र प्रतिकित्ता शेयरमा झण्डै १ हजार रुपैंया नोक्सानको अवस्थामा पुगेको चन्द्रागिरी हिल्स, जीवन बीमा कम्पनीबाट प्राइम लाइफ इन्स्योरेन्स र निर्जीवन बीमा कम्पनीबाट नेको इन्स्योरेन्सका मुख्य सूचकहरुलाई यहाँ तुलना गरिएको छ ।

चुक्त पूँजी, जगेडा कोष, खुद नाफा, प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिकित्ता शेयर मूल्य, प्रति शेयर नेटवर्थ लगायतका सूचकमा उल्लेखित कम्पनीसँगै एनआरएनलाई तुलना गरेर हेर्दा अवस्था यस्तो देखिन्छ ।

Comparison of 7 different listed companies
SN Company Paid Up Reserve Net Profit EPS Stock Price* PE Ratio** Networth Remarks
1 NRN Infrastructure 1132682 46938 11182 1.97 617 313.2 103.67 Q2, FY 77/78
2 Himalayan Power Partner 1065417       412     Q2, FY 77/78
3 Chandragiri Hills 1534091 -320838 -181120 -11.81 1902 -161.04 79.09 Q3, FY 77/78
4 Neco Insurance 1317432 643204 264004 40.08 1577 39.34 229 Q2, FY 77/78
5 Prime Life Insurance 2417057 617271 193657 16.02 846 52.8 131.61 Q2, FY 77/78
6 Kumari Bank 13878474 3804046 1808483 17.37 314 18.07 135.49 Q3, FY 77/78
7 Nepal SBI Bank 9493577 4809914 8786446 12.34 397 32.17 161.32 Q3, FY 77/78
* As of April 29, 2021.
** Calculated on stock price of 29th April, 2021.

– हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर, प्राइम लाइफ, नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विबरण सार्वजनिक गरिनसकेको हुनाले दोस्रो त्रैमासको वित्तीय विबरणका तथ्यांक समेटिएको छ ।

उल्लेखित सूचीमा भएका कम्पनीमा हिमालयन पावर पार्टनर कम्पनी र चन्द्रागिरी हिल्सको शेयर पनि जोखिमपूर्ण अवस्थामा देखिन्छ । हिमालयन पावर पार्टनर विद्युत उत्पादनको चरणमा पुगेको भए पनि नाफा कमाएर प्रतिफल बितरण गर्ने कहिले अनि कति भन्ने निक्र्यौल हुन सक्ने अवस्था देखिन्न । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विबरणमा आम्दानीका कुनै पनि विबरणहरु उल्लेख गरेको छैन भने तेस्रो त्रैमासिक वित्तीय विबरण सार्वजनिक हुन बाँकी नै छ ।

उल्लेखित चार कम्पनीसंगै अन्य अलग–अलग समुहका प्राइम लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नेपाल एसबिआई बैंक र कुमारी बैंक लगायत सबल वित्तीय अवस्था रहेका धेरै कम्पनीको शेयर मूल्य भने चन्द्रागिरी, एनआरएन इन्फ्रास्ट्रक्चर लगायतको भन्दा धेरै तल छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।